Logo

सभापति चयन नगरेको भन्दै एमालेद्धारा लेखा समितिको बैठक बहिष्कार



काठमाडौं,३२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सार्वजनिक लेखा समितिको बैठक बहिष्कार गरेको छ ।

संसदीय समितिको नेतृत्व चयन नभएपछि असन्तुष्टि जनाउँदै समितिको बैठक बहिष्कार गरेको हो ।

यसअघिकै बैठकमा एमालेको तर्फबाट सांसद योगेश भट्टराईले नेतृत्व चयन नभएसम्म आफूहरु नआउने बताएका थिए । त्यसै अनुसार एमालेले आजको बैठक बहिष्कार गरेको बताइएको छ ।

सत्तापक्ष र प्रतिपक्षीबीच यसअघिनै संसदीय समितिका सभापतिमा भागबन्डा मिलेपनि सभापति चयन भने हुन् सकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्