Logo

सरकारको संलग्नताबिना ६० किलो सुन विमानस्थलबाट बाहिरिन सक्दैन: अर्जुननरसिंह केसी



काठमाडौं,३२ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा सरकारमा रहेका उच्च पदस्थ व्यक्तिहरुको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

बिहीबार सिंहदरबारस्थित सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्व मन्त्रीसमेत रहेका केसीले सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरुको मिलेमतोबिना बाहिरिन नसक्ने बताए । उनले उक्त प्रकरणको सत्यतथ्य छानबिन गर्न एक उच्चस्तरीय आयोग बनाउनुपर्नेमा जोड दिए ।

उनले भने,“जाँचबुझ ऐन, २०२६ अन्तर्गत उच्चस्तरीय न्यायिक समिति बनाउनुपर्छ भनेर म आफैँ पनि भनिरहेको छु । सर्वोच्च अदालतको न्यायाधीश, पूर्वन्यायाधीशहरु राखेर समिति बनाऔँ, एउटा सियो, एउटा मोबाइल, दुई तोला सुन एक्सरे गरेर हेर्ने एयरपोर्ट सत्तामा बसेका शक्ति सम्पन्न व्यक्तिको मिलेमतो र संलग्नता नभइकन एक क्विन्टल सुन एयरपोर्टबाट बाहिर निस्किन्छ ? त्यसलाई छान्नको निम्ति निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्