Logo

लेलिन विष्टले दायर गरेको रिट बाबुरामले पनि पेश गरे लिखित जवाफ



काठमाडौं, ३२ साउन । तत्कालीन माओवादी जनयुद्धमा बालसेना प्रयोग गरेको भन्दै सर्वोच्चमा परेको रिटमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लिखित जवाफ पेश गरेका छन् । भट्टराई तत्कालीन माओवादी जनयुद्धमा प्रचण्डपछिको भूमिकामा थिए ।

पूर्व बालसेना लेलिन विष्टले प्रधानमन्त्री भट्टराई र प्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई विपक्षी बनाई रिट दायर गरेका थिए । प्रचण्डले पनि आज नै लिखित जवाफ पेश गरिसकेका छन् ।

लिखित जवाफमा जनयुद्धका क्रममा बालसेनाको प्रयोग नभएको बताइएको छ । साथै उक्त विषय संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले नै टुंगो लगाइसके दाबी छ ।

उक्त रिटको पेशी आगामी असोज १५ गतेका लागि तोकिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्