काठमाडौं,१ भदौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती सेवा ऐन सात दिनभित्रमा संसद्मा पेश हुने दाबी गरेका छन् ।
शुक्रबार नेपाली कांग्रेस निकट निजामती कर्मचारीको भेलालाई सम्बोधन गर्दै खड्काले सबै क्षेत्रसँग समन्वय गरेर सिंगो देश र जनतालाई हितमा राखेर ऐन आउने बताए ।
उनले भने,‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरिसकेपछि संविधानले परिकल्पना गरेको ऐनहरू अगाडि बढाउने बिषयमा जति चाँडो ल्याउनुपर्थ्यो । त्यो सकेनौं । अहिले संघीय निजामती ऐनलाई चाँडै संसदमा दर्ता गराउने प्रतिबद्धता छ । लोक सेवाको रायपछि एक साताभित्र संसदमा पेश हुन्छ ।’ file photo