काठमाडौं,१ भदै । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । उनले आइतबार विश्वासको मत लिनेगरि तयारी अगाढि बढाएको एक नेताले जानकारी दिए ।
विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा सूचना पनि दर्ता भएको बताइएको छ ।
गत साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले संविधानत १३ भदौभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । प्रदेश सभामा ९३ सांसद रहेका छन् । जसमा विश्वासको मत पाउन ४७ सांसदको समर्थन आवश्यक पर्छ । हाल मुख्यमत्री थापालाइ ४७ नै सांसदको समर्थन रहेको छ । राजनीतिकरुपमा उथलपुथल नआएमा थापाले विश्वासको मत पाउने देखिन्छ ।