Logo

कोशीका मुख्यमन्त्री थापाले ४ गतेमात्रै विश्वासको मत लिने



काठमाडौं,१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन सूचना दर्ता गराएका छन्।

कोशी प्रदेश सभा सचिवालयमा दर्ता गराएको सूचनामा भदौ ३ गते आइतबार प्रदेश सभाको बैठकमा विश्वासको मत लिने उल्लेख गरिएको थियो ।तर, हाल सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले विश्वासको मतका लागि ४ गते सोमबारको समय दिएपछि उनले ४ गतेमात्रै विश्वासको मत लिन लागेका हुन् ।

थापा गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुुक्त भएका थापाले संविधानको धारा १६८ को उपधारा ४ अनुसार कोशी प्रदेश सभाबाट १३ भदौसम्म विश्वासको मत लिनुपर्ने हुन्छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ ।  मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ । उनको विपक्षमा एमालेका ४० उपसभामुखसहित र राप्रपाका ६ जना सांसद छन् ।



प्रतिक्रिया दिनुहोस्