Logo

राष्ट्र बैंकले सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक अवस्थाको विवरणमा के छ ? (पूर्णपाठसहित)



काठमाडौं,१ भदौ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९८०को देशको वर्तमान आर्थिक अवस्थाको विवरण प्रकाशित गरेको छ ।

शुक्रबार सार्वजनिक विवरण अनुसार १२ महिनाको तथ्यांकका आधारमा सरकार महंगी नियन्त्रणमा असफल देखिएको छ ।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढेर २०८० असार मसान्तसम्म आइपुग्दा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिती २३.१ प्रतिशतले वृद्घि भई ११ अर्ब ७४ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १३ खर्ब ४५ अर्ब ७८ करोड रूपैयाँ सञ्चिति छ । बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०७९-८० मा चालू खाता ७२ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष चालू खाता ६ खर्ब २३ अर्ब ३८ करोडले घाटामा रहेको थियो । यस्तै शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको थियो ।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९-८० को वार्षिक तथ्यांकका अनुसार मुलुकको बाह्य क्षेत्र सुदृढ देखिएको हो । आर्थिक वर्ष ०७८-७९ मा २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति गत आर्थिक वर्षमा २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षमा अमेरिकी डलरमा शोधनान्तर बचत २ अर्ब २१ करोड पुगेको छ । आर्थिक वर्ष ०७८-७९ मा शोधनान्तर स्थिति २ अर्ब १५ करोडले घाटामा थियो ।

यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको विवरण 



प्रतिक्रिया दिनुहोस्