Logo

वडा अध्यक्ष कँडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं १ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं.४ का वडाध्यक्ष तिलकराम कँडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आज (शुक्रबार) अख्तियारले शंकरपुर ताल ठेक्काको रकम ठेकेदारबाट लिई हिनामिना गरेको आरोपमा उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । कँडेलले छ लाख दश हजार सार्वजनिक सम्पत्ति अपचलन गरेको अख्तियारको आरोप छ ।

तत्कालीन गाविस सचिव कृष्णकुमार चौधरी र ठेकेदार सेराज महम्मदलाई पनि उक्त मुद्दामा प्रतिवादी बनाइएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्