Logo

चुनावमा बागी उठेकाहरुले आत्मालोचना गरे एमालेले माफी दिने



काठमाडौं,१ भदौ । नेकपा एमालेले चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेकाहरुले आत्मालोचना गरे माफी दिने भएको छ । गत सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले चुनावमा आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेकालाई आत्मालोचनासहित माफीको मौका दिने निर्णय गरेको हो ।

सचिवालयले गरेको निर्णयबारे पार्टीपंक्तिलाई जानकारी गराउन आज अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी) मा बागी उम्मेदवारी दिएर कारबाहीमा परेका तर आत्मआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेलाई अनुमति दिने निर्णय भएको उल्लेख छ ।

सचिवालय बैठकले अन्तर्घात गर्ने र पार्टीविरोधी गतिविधिमा संलग्नहरुलाई सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउने निर्णय गरेको पनि अपानीमा उल्लेख गरिएको छ



प्रतिक्रिया दिनुहोस्