Logo

कारागार सुधार गर्न जरुरी छः महान्यायाधिवक्ता पोखरेल



काठमाडौं, १ भदौ । महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले मुलुकी संहितामा दण्डको धेरै सुधारात्मक व्यवस्था गरिएको भए पनि कार्यान्वयन हुन नसकेको बताएका छन् ।

संहिता दिवस–२०८० का अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्रालयले प्रधानमन्त्री कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा उनले संहितामा सजायमा छुट दिने, खुल्ला कारागारको व्यवस्था भए पनि तर कार्यान्वयन हुन नसकेको बताएका हुन् ।

“कारागार सुधार गर्न जरुरी छ, नाबालिग उमेरको बलात्कारका मुद्दामा र लागु औषधका मुद्दामा जेलमा छन्, भर्खरका बालबालिका छन्”, उनले भने, “ऐन संशोधन गर्न जरुरी छ, न्यायको अनुभति जगाउनुपर्छ ।”

उनले मुलुकी संहिता कार्यान्वयन गर्नका लागि एकले अर्कोलाई सहयोग गरेर अघि बढनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्