Logo

संसद् अवरोध नियमसंगत होईन, जसले गरे पनि औचित्य पुष्टि गर्न सक्नुपर्छः नेम्वाङ



काठमाडौं, २ भदौ । नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद् अवरोध गर्नु नियमसंगत नभएको बताएका छन् ।

आज (शनिबार) धुलिखेलमा संघीय संसद् सचिवालयले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जसले संसद् अवरुद्ध गरेर पनि त्यसको औचित्य पुष्टि गर्न सक्नुपर्ने बताए ।

‘संसद् अवरोध गर्नु नियमसंगत होईन । दलहरूले संसद्मा राजनीतिक रूपमा अवरोध गर्ने गर्छन् । जसले अवरोध गरे पनि त्यसको औचित्य पुष्टि गर्न सक्नुपर्छ,’– नेम्वाङले भने ।

एक क्वीन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समितिको माग गर्दै एमालेले तीन हप्तादेखि संसद् अवरुद्ध गरिरहेको छ । एमाले आफ्नो अडानबाट पछि नहट्ने र सरकार उच्चस्तरीय छानविन समिति बनाउन तयार नहुने स्थितिका कारण संसद्को गतिरोध कायमै रहेको छ । Photo By: Bikram Ratna 



प्रतिक्रिया दिनुहोस्