Logo

स्वर्गीय प्रदीप गिरिको अस्तु विसर्जनका लागि काशी लगियो



काठमाडौं, २ भदौ । नेपाली कांग्रेसका बौद्धिक नेता, राजनीतिज्ञ एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको अस्तु भारतको बनारसस्थित काशीमा विसर्जन गरिने भएको छ । ‘प्रदीप गिरी पावन स्मृति आयोजक समिति’ले स्व गिरिको अस्तु काठमाडौँको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गङ्गा नदीमा विसर्जन गर्न लागेको हो ।

कांग्रेस केन्द्रीय समिति सदस्य गुरु बरालको नेतृत्वमा ३५ जनाको टोली अस्तु विसर्जन यात्रामा सहभागी भएको छ । काठमाडौँदेखि काशीसम्मको यात्रा टोलीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले आज पशुपति क्षेत्रमा आयोजित एक कार्यक्रमकाबीच स्व गिरीको अस्तु हस्तान्तरण गरेरे बिदाइ गरेका हुन् ।

गिरिको स्मृति दिवसका अवसरमा आज पशुपतिनाथ मन्दिर परिसरमा आयोजित ‘लोक एवं लोकतन्त्र सेतु गाथा’ विषयक श्रद्धाञ्जली अर्पण एवं सभाका वक्ताले राजनीतिक र समाजवादी चिन्तक गिरिको व्यक्तित्व तथा राजनीतिक एवं सामाजिक क्षेत्रमा गर्नुभएको योगदानका बारेमा उहाँलाई स्मरण गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले स्व गिरि एक अदभूत व्यक्तित्व भएको बताए । उनको अहिले व्याख्या विश्लेषण अधुरो हुने निधिको भनाई छ ।

स्व गिरि नेपाली राजनीतिमा मात्रै नभई भारतीय नेताहरुको राजनीतिक गुरुसमेत भएको नेता निधिले व्याख्या गरे । “प्रदीप गिरि, अदभुद व्यक्ति हुनुहुन्थ्यो । विचारक, साहित्यकार, लोकतन्त्रवादी, समाजवादी, नेपालका कम्युनिष्ट पार्टीका प्रेरणा मात्रै हैन आम बुद्धिजीवी, वर्ग समुदायका साथै उहाँ त्योभन्दा माथि एक अदभुद व्यक्ति हुनुहुन्थ्यो”, नेता निधिले भने ।



प्रतिक्रिया दिनुहोस्