काठमाडौं, ३ भदौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय सभाको अवरोध खुलाउनका लागि बोलाएको बैठक निष्कर्षविहीन भएको छ।
सभामुख घिमिरेले बोलाएको शीर्ष दलका प्रमुख सचेतकहरूको बैठकमा एमालेले आफ्नो अडान नछोड्दा बैठक निष्कर्षविहीन बनेको हो।
बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाका सचेतकहरूको सहभागी रहेका थिए।
सभामुख घिमिरेले आजै १ बजेका लागि संसद् बैठक आह्वान गरेका थिए।