Logo

राजदूत अबुहामिदसँग मन्त्री किरातीको आग्रह ‘साउदीको तेल र नेपालको पानी साटेर सम्बन्ध अझ प्रगाढ बनाऔं’



काठमाडौं, ३ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र नेपालमा लागि साउदी अरबका राजदूत साद अबुहामिदबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा साउदीको तेल र नेपालको पानी साटेर सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको मन्त्री किरातीले बताएका छन् ।
त्यसैगरी तातो साउदीबाट चिसो सगरमाथाको देश नेपाल घुम्न पर्यटकलाई पठाई दिनसमेत आग्रह गरेको मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

नेपालको पानी र पर्यटन लगानी गर्न, भैरहवा र पोखरा विमानस्थलको लागि साउदीबाट सिधा उडानको पहलका बारेमा पनि छलफल भएको किरातीले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्