काठमाडौं, ३ भदौ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सबै प्रकारका भ्रष्टाचारको विरुद्धमा रहेको दाबी गरेका छन्।
आइतबार पार्टीको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी सबै प्रकारका भ्रष्टाचारको विरुद्धमा रहेको दाबी गरेका हुन्।
उनको भनाइलाई उदृत गर्दै प्रवक्ता जगन्नाथ खनालले भने, ‘हाम्रो पार्टी सबै प्रकारका भ्रष्टाचारको विरुद्धमा छ। भ्रष्टाचारको विरुद्धमा भ्रष्टाचारीहरुलाई कारबाही गर्न सरकारले जे काम गरिरहेको छ त्यसलाई निरन्तरता दिन, सही ढंगले सत्यतथ्य खोजेर छानबिन गर्न, निर्दोष कोही नपरोस् दोषी कोही नछुटोस् भनेर उहाँ(माधव नेपाल) ले आह्वान पनि गर्नुभएको छ।’