काठमाडौं, ३ भदौ । संसद् अवरोध खुलाउन राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन्।
दलहरूले लामो समयसम्म छलफल गर्दापनि संसद् अवरोध खुलाउन नसक्दा राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाएका हुन्।
उनले मङ्गलबार बिहान ८ बजेका लागि शितल निवासमा सर्वदलीय बैठक डाकेका हुन्।