Logo

कोशीका मुख्यमन्त्री थापालाई राप्रपाले विश्वासको मत नदिने



काठमाडौं, ४ भदौ । कोशी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री थापाले प्रदेश सभाबाट आज (सोमबार) विश्वासको मत लिँदैछन् ।

राप्रपाका कोशी प्रदेश सभा सदस्य अम्बर बहादुर विष्टले मुख्यमन्त्री थापालाई विश्वासको मत नदिने निर्णय भएको बताए । ‘हामीले विश्वासको मत दिँदैनौं । हाम्रो पार्टीले विश्वासको मत नदिने निर्णय गरिसकेको छ,’– उनले भने ।

कोशीमा राप्रपाले विश्वासको मत नदिएको खण्डमा मुख्यमन्त्री थापालाई सरकार टिकाउन संकट छ ।

 



प्रतिक्रिया दिनुहोस्