Logo

सिआईबी नारायणकाजीको सलामी र गुलामी गर्ने निकायका रुपमा बदनाम भयोः सूर्य थापा



काठमाडौं, ४ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) गृहमन्त्री नारायणकाजी श्रेष्ठको सलामी र गुलामी गर्ने निकायका रुपमा बदनाम भइरहेको टिप्पणी गरेका छन् ।

ललिता निवास जग्गा प्रकरणमा अदालतको आदेश कार्यान्वयन गराउने सन्दर्भमा सिआईबीले नारायणकाजीको आदेश विना ठाडो शीर लगाएर हेर्न पनि नसकेको उनको आरोप छ । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सिआईबीले आहिले नारायणकाजीको आदेश अनुसार मान्छे समाउने र अनुसन्धान गर्ने गरेको बताए ।

‘सिआईबी अहिले नारायणकाजी श्रेष्ठको हवल्दारी निकायका रुपमा, उहाँलाई सलामी र गुलामी गर्ने निकायका रुपमा बदनाम भयो । सिआईबीले केही राम्रो काम गरेन । सर्वोच्च अदालतले आदेश गर्यो, ललिता निवास प्रकरणमा संलग्न माथिल्लो तहका मान्छेहरु पनि छानविनको दायरामा ल्याउ । सिआईबीले ठाडो शीर लाएर हेर्न सक्यो ?’ प्रश्न गर्दै उनले भने, ‘नारायणकाजीले जो जसलाई बयान लेउ भन्यो बयान लिइराखेको छ, जो जसलाई रोक भन्यो, रोकेको छ । त्यसमा बेला–बेला डाइरेक्टरको भूमिका पुष्पकमल दाहालले पनि निर्वाह गरिरहनु भएको छ ।’



प्रतिक्रिया दिनुहोस्