काठमाडौं, ४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन्। सोमबार बसेको गठबन्धन दलको बैठकले मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने निर्णय गरेको हो।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । मुख्यमन्त्री थापासँग कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ मत छ ।
तर, उपसभामुख सिर्जना दनुवार अनुपस्थित भएर कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य इस्राइल मन्सुरीले सभा सञ्चालन गर्ने जिम्मा पाएपछि मुख्यमन्त्री थापा झनै अन्यौलमा परेका छन् ।