Logo

कोशीमा जसपाले मुख्यमन्त्री थापालाई विश्वासको मत दिने



काठमाडौं, ४ साउन । कोशी प्रदेशमा आज (सोमबार) मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदैछन् । प्रदेश सभामा मुख्यमन्त्री थापाले विश्वासको मतका लागि प्रस्ताव गरिसकेका छन् ।

जनता समाजवादी पार्टीले मुख्यमन्त्री थापालाई विश्वासको मत दिने भएको छ । जसपा कोशी प्रदेश संसदीय दलकी नेता निर्मला लिम्बुले विश्वासको मत दिने निर्णय भएको बताएकी हुन् ।

‘मुख्यमन्त्री उद्धव थापाज्यूलाई विश्वासको मत दिँदै गर्दा स्थिर सरकारको लागि, संघीयतालाई संस्थागत गर्नका लागि र अहिले सञ्चालन भइरहेको प्रदेश सरकारको नामांकनको आन्दोलनलाई वार्ता र संवादद्वारा समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धताको आधारमा समेत मैले विश्वासको मत दिने निर्णय गरेको छु,’– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्