Logo

आजको प्रतिनिधि सभा बैठकमा एमालेले अवरोध नगर्ने



काठमाडौं, ५ भदौ । प्रतिनिधि सभाको बैठक आज (मंगलबार) दिउँसो तीन बजे बस्दै छ । आज बस्ने संसद् बैठकमा भने नेकपा (एमाले) ले अवरोध नगर्ने भएको छ ।

गत साउन १० गतेदेखि सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समितिको माग गर्दै निरन्तर संसद् अवरोध गरिरहेको एमाललेले हिजो (सोमबार) राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँगको छलफलमा समिति बनाउने सहमति बनेपछि संसद् चलाउने निर्णयमा पुगेको हो ।

समिति गठनको प्रक्रिया अगाडि बढेकाले संसद् चल्न दिने एमालेले बताएको छ । File Photo/RN 

 



प्रतिक्रिया दिनुहोस्