Logo

एभरेष्ट तेक्वान्दो प्रतियोगिता पौष दोश्रो साता चितवनमा हुने



काठमाडौं, ५ भदौ । तेश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता-२०८० पौष ७ र ८ गते चितवनको भरतपुरमा आयोजना हुने भएको छ। कालिका नगर तेक्वान्दो डोजाङको आयोजनामा प्रतियोगीता हुन लागेको हो।

प्रतियोगितामा सिनियर ईभेन्टतर्फ पुरुष/महिला ७ वटा तौल समूह, जुनियरतर्फ ३ , क्याडेटतर्फ ४ र चिल्ड्रेनतर्फ ४ तौल समूहको प्रतिस्पर्धा हुनेछभने पुम्सेतर्फ एकल, जोडी र समूहमा प्रतिष्पर्धा हुने आयोजक समिति संयोजक रमेश कार्कीले जानकारी दिए।

प्रतियोगितामा प्रथम, दोस्रो, तेश्रो हुने टीमले क्रमशः १ लाख, ५० हजार, २५ हजार र उत्कृष्ट खेलाडी महिला पुरुषतर्फ क्रमशः १०–१० हजार तथा ट्रफी र प्रमाण पत्र प्रदान गरिने उनले बताए। त्यस्तै, पुम्सेमा प्रथम हुने टिमलाई २० हजार र द्वितीय हुनेलाइ दश हजार प्रदान गरिने आयोजकले जनाएको छ।

उत्कृष्ट निर्णायकलाई १०/१० हजार २ जनालाई प्रदान गरिने र प्रतियोगीताको अनुमानित खर्च ३३ लाख ६० हजार रहेको आयोजक समिति संयोजक कार्कीले बताए।

सम्पूर्ण खेलहरु विश्व तेक्वान्दो महासंघको नियम अनुसार हुने उनको भनाइ छ। पुम्से विधाको खेलाडीहरुको ६ महिना भित्रको नेपाल तेक्वान्दो संघले प्रदान गरेको प्रमाणपत्रको फोटोकपी अनिवार्य पेश गर्नुपर्ने र सहभागी डोजाङ्ग तथा खेलाडीहरु नेपाल तेक्वान्दो संघमा दर्ता भएको हुनुपर्ने आयोजकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्