काठमाडौं, ५ भदौ । एक क्विन्टल भनिएको सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समितिको प्रारम्भिक मस्यौदा तयार भएको छ।
मङ्गलबार कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङ र माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे रहेको कार्य दलले समितिको प्रारम्भिक मस्यौदा तयार गरेको हो।
सोमबार बसेको सर्वदलीय बैठकले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएपछिलाई त्यसको मस्यौदा तयार पार्ने जिम्मेवारी उनीहरूलाई दिएको थियो।
सो मस्यौदा केहीबेरपछि बस्ने सर्वदलीय बैठकमा पेस गर्न लागिएको कार्यदलका एक नेताले बताए।