काठमाडौं,७ भदौ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य विद्यादेवी धवलको निधन भएको शोकमा गाउँपालिकामा विदा दिइएको छ ।
रोहिणी गाउँपालिका कार्यालय तथा मातहतका सम्पूर्ण वडा कार्यालयहरुमा बिहीबार एक दिनका लागि शोक विदा दिइएको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।
मुटु सम्बन्धी रोगबाट पीडित भइ उपचार गराइरहेकी ५३ वर्षीय धवलको बुधबार राती रोहिणी–४ स्थित आफ्नै घरमा निधन भएको थियो ।
धवल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दोस्रोपटक वडा सदस्य पदमा निर्वाचित भएकी थिइन् ।