Logo

रवि लामिछाने तातिए, बोलाए संसदीय दलको बैठक



काठमाडौं, ८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय दलको बैठक बोलाएका छन् । सत्ता गठबन्धनले संसदीय समितिको सभापति चयनको लागि प्रक्रिया थालेको छ ।

समिति सभापति चयनको लागि यही भदौ ११ गते दिउँसो ३ बजे निर्वाचन हुने भनिएको छ। तर, समितिको सभापति चयनको लागि कांग्रेस, एमाले र माओवादी केन्द्रले आफूहरुलाई बेवास्ता गरेको रास्वपाको निश्कर्ष छ ।

सभापति लामिछानेले आजको बैठकमा समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्नेछन् । यसको साथै पार्टीले संसद्मा दर्ता गराएका संकल्प प्रस्ताव र सार्वजनिक महत्वका विषयका बारेमा पनि छलफल गर्ने बुझिएको छ ।

बैठक आज साँझ ५ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने जनाईएको छ।



प्रतिक्रिया दिनुहोस्