काठमाडौं,८ भदौ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाल ६ विकेटले पराजित भएको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले टस जितेपछि बलिङ रोजेको नेपालले वर्षात्का कारण १८ ओभरमा झारिएको खेलमा १८ ओभरमा ७ विकेटको क्षतिमा ८३ रन बनाएर ८४ रनको लक्ष्य दिएको थियो ।
नेपालले दिएको ८४ रनको लक्ष्य पछयाएको मलेसियाले १६ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । मलेसियाको जितमा हाइना हमिज हसिनाले सर्वाधिक ३७ रन बनाईन् । नेपालका लागि सीता रानामगर र रुविना क्षेत्रीले १-१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि रुविना क्षेत्रीले २३, इन्दु बर्माले २०, काजल श्रेष्ठले १८ रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । वलिङतर्फ मलेसियाकी आइना हमिज हसिनले २ विकेट लिईन् ।
आज नेपाल मलेसियासँग पराजित भएपनि नेपाल रनरेटका आधारमा फाइनलमा प्रवेश गरेको छ । फाइनलमा नेपालले भोलि हङकङ्गसँग खेल्नेछ ।