Logo

पानी परेपछि भोलिबाट सिरहामा हुने भनिएको एमाले सचिवालय बैठक स्थगित



काठमाडौं,८ भदौ । नेकपा एमालेको भोलिबाट सुरु हुने भनिएको सचिवालय बैठक आकस्मिकरुपमा स्थगित् भएको छ ।

एमालेले भालिबाट सिरहाको धनगडीमाइ नगरपालिकाको विष्णुपरकट्टीमा सचिवालय बैठक डाकेको थियो । तर निरन्तर रुपमा वर्षात भएपछि बैठक स्थगित गरेको एमालेले जनाएको छ ।

पानी पर्नेक्रम रोकिएपछि पुनः नयाँ मिति तय गरेर बैठक बस्ने बताइएको छ । २०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्