काठमाडौं,८ भदौ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास प्रकरणलाई लिएर आफ्नो पार्टीका अध्यक्ष माधव कुमार नेपालको राजनीति समाप्त पार्ने खेलमा केही व्यक्तिहरु लागेको दबी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ज्वालाले माधव नेपालले कुनैपनि घटनामा भ्रष्टाचार गर्यो भनेर भ्रम फैलाईएपनि संसारका कोही कसैलेपनि नपत्याउने दाबी गरे ।
‘ललिता निवास जग्गा काण्डमा हाम्रो पार्टीका अध्यक्षलाई फसाउने प्रयास भएको छ। माधव नेपालले भ्रष्टाचार ग¥यो भनेर यो दुनियाँमा कसैले पत्याउँछ। सायद समकालीन नेताहरुमध्ये सबैभन्दा स्वच्छ छविको सबैकुराले पूर्ण त कोही पनि व्यक्ति हुँदैन,’ उनले भने, ‘माधव नेपाल पनि हर हिसावले पूर्ण होइन होला। कर्मी, सीमाहरू होलान्। तर भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसावले माधव नेपाललाई कसैले प्रश्न उठाउन सक्दैन।’ file photo