Logo

अपरेटर र लेखापालको बयानपछि विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादव अख्तियारको नियन्त्रणमा



काठमाडौं,८ भदौ । सप्तरीका विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

गत साउन ३१ गते पक्राउ परेका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवको बयानका आधारमा आज उनलाई नियन्त्रणमा लिइएको हो । यादवद्धय साउन ३१ गते दुई लाख नगद र ३ लाखको चेकसहित पक्राउ परेका थिए ।

पक्राउ परेका यादवद्धयको बयानका आधारमा उनलाई सोधपुछ गर्न पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ । अख्तियारले नियन्त्रणमा लिएपछि बिरामी छु भनेपछि अहिले यादवलाई काठमाडौं ल्याइएको छ । यादव गएको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका तर्फबाट गाउँपालिकाके अध्यक्षमा निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्