Logo

सिके राउत भन्छन्: संसद छिरेको छोटो समयमै वितृष्णा लाग्न थाल्यो



काठमाडौं,८ भदौ । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सिके राउतले संसदमा गहन अध्ययन र बहस बिनै विधेयकहरु पारित गर्ने गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफू संसद छिरेको छोटो समयमै संसदप्रीत वितृष्णा जागेको बताए।

उनले भने, ‘अहिले जुन शिक्षा ऐन आइरहेको छ, त्यसमा जुन प्रावधानहरु छन्। त्यो कसले बनाउँछ भन्दा, तपाईहरुलाई मबाट पनि धेरै आशा होला, हामी सांसद बनेर त्यही संसदमा मौज्जुद छौँ। हामी पनि केही गर्छौं की भनेर स्वभाविक हुन्छ, संसदीय व्यवस्थामा आशा गरिन्छ। हामीबाट पनि आशा गरिन्छ। म बहुत कम समयमा यो संसदप्रति वितृष्णा उत्पन्न भएको छ।’  file photo



प्रतिक्रिया दिनुहोस्