Logo

शिक्षिका मृत्यु प्रकरणः दार्चुलाको लटिनाथ क्याम्पसको स्ववियु सभापति कोट्टारी पक्राउ



काठमाडौं, भदौ । कैलालीको घनगडीमा रहेको दीपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी एक जना शिक्षिका मृत फेला परेकी छन् । दार्चुला घर भई हाल कैलालीको घनगडी बस्ने २२ वर्षीय राजेश्वरी डडाल मृत फेला परेकी हुन् ।

प्रहरीका अनुसार चटकपुरमा आफन्तको घरमा बस्ने डडाल घर नजिकै रुखमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्।

घटनामा संलग्नताको आंशकामा २५ वर्षीय जगदीश कोट्टारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले शिक्षिका डडाल मृत भेटिएको घटनामा पीडित पक्षले दिएको किटानीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको बताए ।

कोट्टारी दार्चुलाको लटिनाथ क्याम्पसका स्ववियु सभापति समेत हुन् । गत वर्ष  सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उनी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको तर्फबाट निर्वाचित भएको थिए ।

प्रहरी स्रोतका अनुसार मृतक डडाल र कोट्टरी प्रेम सम्बन्धमा रहेका थिए । तर कोट्टरी विवाहित रहेको खुलेको छ । लामो समयदेखि युवतीलाई यातना दिँदै आएको र आत्महत्या गर्न बाध्य पारेको भन्दै पीडित परिवारका सदस्यले कोट्टारीविरुद्ध किटानी जाहेरी दिएका हुन।



प्रतिक्रिया दिनुहोस्