Logo

माछापुच्छ्रे बैंकले ल्यायो प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा



काठमाडौं, ८ भदौ । डिजिटल इकोनमी प्रवर्द्धनमा प्रभावकारी भूमिका निभाउदै आएको माछापुच्छ्रे बैंकले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । एयरपोर्टबाट यात्रा गर्दा सहज र सरल होस भनी उक्त सुविधा ल्याइएको बैकले जनाएको छ ।

प्रायोरिटी एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा उक्त पासको प्रयोग गरि सरल तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधा पाउने बैकले बताएको छ ।

प्रायोरिटी पास सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो, जस अन्तर्गत कोलिन्सन ग्रुप, यु.के.ले व्यवस्थापन गरेको संसारभरका एक सय ४० भन्दा बढी देशका छ सय ६० शहरहरूमा अवस्थित एक हजार चार सय एयरपोर्टमा रहेका एयरपोर्ट लाउन्जहरूमा प्रिमियम लाउन्जको सुविधा लिन सकिनेछ ।

 



प्रतिक्रिया दिनुहोस्