Logo

भृकुटी मण्डप जुत्ताचप्पल मेलामा जुत्ता खरिद गर्दा बुद्ध दौल्यालले जिते १० हजार नगद पुरस्कार



काठमाडौं, ९ भदौ । बझाङका बुद्ध दौल्यालले काठमाडौंको भृकुटी मण्डपमा आयोजित जुत्ताचप्पल मेलामा जुत्ताचप्पल खरिद गर्दा १० हजार रुपैयाँ नगद उपहार जितेका छन् । हिजो (शुक्रबार) मेलामा पुगेर एकजोर जुत्ता खरिद गरेका दौल्यालले कुपन स्क्रयाच गर्दा १० हजार नगद जितेका हुन् ।

उनले मूल्यमा २० प्रतिशत छुट लिएर बाम्बो ब्राण्डको जुत्ता एक जोर किनेका थिए । मेलामा जुत्ताचप्पल खरिद गर्नेहरु सबैले कुपन स्क्रयाच गर्न पाउँछन् । जसमा न्यूनतम ५० देखि बढिमा १० हजारसम्म नगद पुरस्कारको व्यवस्था रहेको आयोजकको भनाई छ ।

एकजोर जुत्ता किनेका दौल्याल १० हजार नगद उपहार पाउँदा हर्षित देखिन्थे । एकजोर जुत्ता किन्दा १० हजार नगद उपहार पर्छ भन्नै आफूले सोच्दै नसोचेको उनले प्रतिक्रिया दिए ।

दौल्यालले जस्तै हरेक ग्राहकले स्क्र्याच कुपनमा नगद उपहार जितिरहेका आयोजक सबिन कार्कीले बताए । ‘हात खाली नजाउने उपहार अन्तर्गत यो योजना ल्याइएको’ आयोजक कार्कीको भनाई छ ।

२० प्रतिशत छुटको साथमा स्क्र्याच कुपनमा थप नगद उपहार राख्दा धेरै ग्राहबतकहरु प्रत्यक्ष लाभान्वित भइरहेको बताउँदै अर्का आयोजक गंगा श्रेष्ठले उक्त अफर भदौ महिनाभर लागू हुने बताए ।

मेलामा १० वटा कम्पनीका १ हजार ५ सय भन्दा बढी मोडलका जुत्ता चप्पल बिक्रीमा राखिएका छन् । बजारमा आएका नयाँ मोडलका जुत्ता चप्पल पनि मेलामा उपलब्ध रहेको छ ।



प्रतिक्रिया दिनुहोस्