Logo

गाईगोरु काट्नु मान्छे काट्नुसरह होः पूर्वसचिव उपाध्याय



काठमाडौं, १० भदौ । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले गाईगोरु काट्नु मान्छे काट्नुसरह भएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कानुनले वर्जित गरेको काम गर्ने छुट कसैलाई पनि नरहेको बताए ।

गौहत्याको समस्या देशैभर रहेको बताउँदै उनले धरानको घटना इपिसेन्टरको हिसाबले विकास भएको उनको भनाई छ ।

‘यो समस्या अरु ठाउँमा पनि छ, धरानमा प्रकट भयो । एक किसिमको इपिसेन्टरजस्तो । सविधानले वर्जित गरेको, फौजदारी कसुर मानिने हाक्काहाक्की लाईभ गर्दै गोरु काटियो । त्यो मान्छे काटे सरह हो ।’ उनले भने, ‘मान्छे मार्दा जन्मकैद छ तर, गाईगोरु मार्दा तीन वर्ष कैद छ । चोटपटक लगायो भनेपनि छ महिना कैद छ । नेपालको हकमा संरक्षित प्राणी हो ।’

धरान उपमहानगरमा उक्त घटना भएकाले त्यसको पूरै जिम्मेवारी मेयर हर्क साम्पाङले लिनुपर्ने बताए । मेयरले उक्त घटनाको जिम्मेवारी लिएर सबै समुदाय र माथिल्लो तहको सरकारको सहयोग लिएर समस्याको समाधान खोज्नुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्