Logo

संसदीय समितिको सभापतिका लागि कांग्रेसका तीन सांसदले गराए उम्मेदवारी दर्ता



काठमाडौं, १० भदौ । प्रतिनिधि सभाअन्तर्गतका विभिन्न समितिको सभापति चयनका लागि भोलि निर्वाचन हुँदैछ । भोलि हुने निर्वाचनका लागि आज (आईतबार) उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी,कांग्रेसबाटै कृषि तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजुले उम्मेदवारी दिएकी छिन् भने अर्थ समितिको सभापतिमा सन्तोष चालिसेले उम्मेदवारी दर्ता गराएका छन् ।

खतिवडा र चालिसे निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । आरजु राणा समानुपातिक प्रतिनिधि सभा सदस्य हुन् । प्रतिनिधि सभाको विभिन्न समितिको सभापतिहरुका मर्यादाक्रम नेपाल सरकारका राज्यमन्त्री सोसरह हुने व्यवस्था रहेको छ ।



प्रतिक्रिया दिनुहोस्