Logo

अखाद्य पेय पदार्थ बेच्ने कालिञ्चोक ट्रेडिङलाई महानगरले गर्यो डेढ लाख जरिवाना



काठमाडौं, १० भदौ । काठमाडौं महानगरपालिकाले ढुसी परेको पेय पदार्थ बेच्नेलाई एक लाख ५० हजार जरिवाना गरेको छ ।

गत शुक्रबार महानगरको बजार अनुगमनको क्रममा ढुसी परेको कोक भेटिएपछि कालिञ्चोक ट्रेडिङ नेपाललाई उक्त जरिवाना गरेको हो ।

महानगरले  जरिवाना सात दिनभित्र तिर्न आउन भनेको छ । बजार अनुगमन समिति उपमेयरको नेतृत्वमा रहने व्यवस्था रहेको छ ।

बजारमा उपभोक्ता समक्ष पुग्नु अगावै अखाद्य देखिएका उत्पादन तुरुन्त फिर्ता लैजान पनि महानगरले निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस्