Logo

सन्दीपविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा



काठमाडौं, १० भदौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।

उक्त मुद्दाको सुनुवाई लामो समयदेखि पटक–पटक स्थगित हुने गरेको छ । पछिल्लो पटक अदालतले पीडित गौशला–२६ को आमाको जन्ममिति स्पष्ट हुने कागज पेश गर्न भनेपछि उक्त कागज पेश भइसकेकाले आज पेशी तोकिएको थियो ।

गौशला–२६ (परिवर्तित नाम) ले सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्