काठमाडौं, ११ भदौ । ललिता निवास जग्गा प्रकरणमा सरकारी वकिलको कार्यालयले हिजो (आईतबार) मुद्दा दायर गरेको छ । उक्त प्रकरणमा जोडिएका २८९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ भने विगो भने २३९ जनासँग मात्रै मागदाबी गरिएको छ ।
सरकारी वकिलको कार्यालले प्रतिवादीहरु मिन बहादुर गुरुङ, गोपाल कार्की, बाबुराजा महर्जन, शिबजी भट्टराई, घमन कुमार कार्की, देव नारायण महर्जन, ध्रुव प्रसाद अर्याल, नारायणराज मिश्र, युवराज पौडेल, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, बिनोदप्रसाद पौडेल, केशव तुलाधर, कलाधर देउजा, अरुणकुमार श्रेष्ठ, संजयकुमार महर्जन, लोकहरी घिमिरे र सकलानन्द महर्जनलाईलाई अभियोग पत्रको साथमा अदालतमा पेश गरेको थियो ।
उनीहरुको बयान आजबाटबाट हुने बताइएको छ । अन्य प्रतिवादीहरु फरार छन् ।