Logo

मेरो पहिलो एक्सन बाल सुधार गृहमा हुन्छः किरणकुमार साह



काठमाडौं, १२ भदौ । नेकपा (एमाले) का नेता एवं नवनिर्वाचित महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले पहिलो एक्सन बाल सुधार गृह हुने बताएका छन् ।

हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बाल सुधार गृहको सुधारका लागि पहिलो काम गर्ने बताए ।

भक्तपुरको सानोठिमीस्थित रहेको बाल सुधार गृहमा केही दिन अघि घटेको घटना एकदमै निन्दनीय, आपराधिक, र अराजक रहेको उनको भनाई छ ।

‘बाल सु्धार गृहमा अपराधिक, अराजक र उदण्ड तरिकाले क्रियाकलाप भएको छ, त्यो घोर निन्दनीय छ । मेरो पहिलो एक्सन बाल सुधार गृहमा नै हुन्छ,’– उनले भने ।

साथै, समितिमार्फत महिला सशक्तिकरणको सवालमा काम गर्ने उनले बताए । अन्य ठाउँको तुलनामा मधेशमा महिलामाथि धेरै प्रकारका विभेद रहेको बताउँदै उनले उक्त विभेदको अन्त्यका लागि निरन्तर काममा लागि रहने प्रतिवद्धता पनि व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्