Logo

आरजु राणातर्फ लक्षित गर्दै सुवालले भने ‘जमिनदार र सामन्तका छोराछोरीबाट कृषि उत्पादन हुँदैन’



काठमाडौं, १२ भदौ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवालले कृषि बुझेकालाई कृषि मन्त्री र कृषि समितिको जिम्मेवारी दिनुपर्ने बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणालाई सभापति बनाइएको तर्फ लक्षित गर्दै जमिनदार र सामन्तहरुको छोराछोरीबाट कृषि उत्पादन हुन नसक्ने बताए ।

‘भारतको निर्भरमा खाद्यन्न भएको बेला कृषि उत्पादन बढाउने गरी विधेयक ल्याउन पर्ने हो । कृषिलाई बुझेकाहरुलाई कृषि मन्त्री र कृषि समितिमा राख्नुपर्ने हो । अहिले हाम्रो देशमा त्यो भइरहेको छैन । जमिनदार र सामन्तहरुको छोराछोरीबाट कृषि उत्पादन हुँदैन । जोत्नेलाई, हातमा ठेला र हिलो भएकालाई जमिन दिनुपर्छ,’– उनले भने । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्