काठमाडौं,१३ भदौ । प्रतिनिधि सभामा रहेका १० वटा संसदीय समितिका नवनिर्वाचित सभापति र सभामुख देवराज घिमिरेबीच आज छलफल हुँदैछ ।
सभामुख घिमिरेको सचिवालयका अनुसार बिहान ११ बजे सिंहदरवारमा बस्ने बैठकमा समितिका कामकारबाहीका विषयमा छलफल हुनेछ । समितिमा विचाराधीन विधेयकहरुका सम्बन्धमा समेत छलफल हुनेछ ।
यही भदौ ११ गते प्रतिनिधि सभाको १० वटा विषयगत समितिको सभापति चयन भएका थिए । त्यसपछि सभामुख र नवनिर्वाचित सभापतिहरुको पहिलो बैठक बस्न लागेको हो ।
भदौ ११ गते १० वटै संसदीय समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका थिए ।