काठमाडौं,१३ भदौ । प्रहरीले पैसा लिएर अर्काको परीक्षा दिने एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।
स्नाकोत्तर तह दोस्रो सेमेस्टारको परीक्षामा नक्कली परीक्षार्थी बनेर सहभागी भएकी निलम सुवेदीलाई प्रहरीले काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसबाट नियन्त्रणमा लिएको हो ।
उनी रत्नराज्यलक्ष्मी क्याम्पस परीक्षा केन्द्रमा परीक्षा दिन सहभागी भएकी थिईन् । उनले पाटन संयुक्त क्याम्पसकी कृष्णकुमारी सिंहले पाँच हजार दिएर परीक्षा दिन लगाएकी प्रहरीमा स्वीकार गरेकी छन् ।
प्रहरी वृत्त सिंहदरबारका अनुसार उनी अहिले प्रहरीको नियन्त्रणमा छिन् । उनले यस अघि पनि पाँच हजार रुपैयाँ लिएर परीक्षा दिएको बताएकी छन् ।