काठमाडौं,१३ भदौ । सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल जारी छ । बुधबार सिंहदरबारमा सभामुख घिमिरे र संसदीय समितिका नवनिर्वाचित सभापतिहरुसँग छलफल भइरहेको हो ।
बैठकमा समितिका कामकारबाहीका विषयमा छलफल हुनुका साथै समितिमा विचाराधीन विधेयकहरुका सम्बन्धमा छलफल हुने बताइएको छ । भदौ ११ गते प्रतिनिधिसभाको १० वटा विषयगत समितिको सभापतिहरु सर्वसम्मत रुपमा चयन भएका थिए ।
सभापतिसँग सभामुखको छलफलमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादव भने उपस्थित छैनन् । file photo