काठमाडौं,१३ भदौ । गोरखाको आरुघाट गाउँपालिका–९ का वडा सदस्य शंकर माझीको रुखबाट लडेर मृत्यु भएको छ । मंगलबार राति नौ बजे वडा नम्बर ८ लामबगरमा अरिंगालको गोला पोल्ने क्रममा उनी रुखबाट लडेका हुन् ।
रुखबाट लडेर घाइते भएका माझीको उपचारको क्रममा निधन भएको गाउँपालिकाले जनाएको छ ।
रुखबाट लडेर वडा सदस्यको निधन भएपछि गाउँपालिकाले आज शोक बिदा दिएको छ । आज एक सूचना जारी गर्दै पालिकाले आज पालिकाभरका सबै निकाय तथा कार्यालयहरुमा सार्वजनिक बिदा दिएको हो ।
निधन भएका माझी स्थानीय तह सदस्य निर्वाचन २०७९ मा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्य चुनिएका थिए ।