Logo

नेपालविरुद्ध पाकिस्तानलाई दोस्रो झट्का



काठमाडौं,१३ भदौ । एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध खेलिरहेको नेपालले दोस्रो सफलता प्राप्त गरेको छ ।

टस हारेपछि फिल्डिङमा आएको नेपालबाट सातौँ ओभर पहिलो बलमा पाकिस्तानका इमाम उल हकलाई रनआउट गर्दै दोस्रो सफलता प्राप्त गरेको हो ।

सोमपाल कामीले गरेको बलिङमा कप्तान रोहित पौडेलले इमामलाई उत्कृष्ट रन आउट गर्दै पभेलियनको दिशा देखाएका थिए । हाल ७।३ ओभरको खेल सकिँदा पाकिस्तानले दुई विकेट गुमाएर २९ रन बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्