Logo

दोलखामा निर्माण सामग्री उठाउने वातावरण बनाउन प्रशासनलाई माओवादी नेताको दवाब !



काठमाडौं, १३ भदौ । भारतको शकिलहैदर, नेपालको शंकरमाली र सुनौलो खिम्ती निर्माण कम्पनीले ठेक्का लिएको मुडे–चरिकोट सडक खण्डमा यतिबेला अलपत्र परेको छ ।

निर्माण व्यवसायीबीचको आन्तररिक किचलो र निर्माण सामग्री लगेको भुक्तानी दिन नसकेपछि परेको उजुरीका कारण उक्त सडक निर्माण कार्य अलपत्र परेको हो ।

भ्याट बाहेक ७० करोडमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको उक्त सडक अहिले अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीले तेल, हार्डवेयरका समान र बालुवा गिटी लगेको भुक्तानी नदिएपछि भिमेश्वर आयल स्टोरका संचालक प्रविन थापा, ओम साईराम हार्डवेयरका दिनेश थापा र गिटीबालुवा निर्यात गर्ने उमन थापाले जिल्ला प्रशासन कार्यालय दोलखामा उजुरी दिएका थिए ।

निर्माण कम्पनीले भिमेश्वर आयल स्टोरलाई २७ लाख ५० हजार, ओम साईराम हार्डवेयरलाई २७ लाख र गिटीबालुवा निर्यात गर्ने थापाबाट ७० लाख भुक्तानी दिन बाँकी रहेको उनीहरुले उजुरीमा उल्लेख गरेका छन् ।

व्यवसायीले उक्त निवेदन पठाएपछि जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई सक्कलै निवेदन पठाएरको थियो । त्यसपछि अहिले शंकरमालीका प्रतिनिधि सुदिप कार्कीले निर्माण सामग्री उठाइरहेका छन् ।

कार्कीले यो कामका लागि प्रशासनलाई दवाब दिन माओवादी निकट विद्यार्थी नेता रोशन खड्कालाई प्रयोग गरेको खुलेको छ । माओवादी नेतृत्वमा सरकार भएको र गृहमन्त्री पनि माओवादी कै भएका कारण खड्कालाई आर्थिक प्रलोभन देखाएर प्रयोग गरिएको बताइएको छ ।

राज्यले गरिसकेको कामको भुक्तानी नदिँदा भुक्तानी दिन नसकेको बेला उल्टै स्वार्थ समूह र बिचौलियाहरु प्रवेश गरी समान उठाउँदा कठिनाई भोग्नु परेको निर्मार्ण व्यवसायीले बताए ।



प्रतिक्रिया दिनुहोस्