काठमाडौं,१३ भदौ । एसिया कप क्रिकेटको उद्धघाटन खेलमा क्रिकेटको महारथी राष्ट्र पाकिस्तानले नेपाललाई ३४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट प्रदर्शनमामार्फत ५० ओभरमा मात्रै ६ विकेट गुमाएर ३४२ रनको विशाल योगफल खडा गरेको हो । नेपली बलरहरुमाथि हावी भएका दुबैले शानदार शतक प्रहार गरे ।
आजका खेलमा नेपाली वलरलाई दबाबमा राखेका कप्तान बाबर आजमले सर्वाधिक १५१ रन बनाए । १३१ बलको सामना गरेका उनले १४ चौका र ४ छक्काको मद्दतले १५१ रन बनाए । त्यस्तै एक दिवसीय क्रिकेटमा पहिलो शतक हानेका इफ्तिखार अहमदले १०९ रन बनाए । मात्रै ७१ बलको सामना गरेका उनले ११ चौका र ४ छक्काको मद्दतमा १०९ रन जोडेका हुन् ।
तेस्रो विकेटका लागि बाबर आजम र मोहम्मद रिजवानले ८६ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङस् उकासेका थिए।
ओपनर फखर जमान १४ र इमाम–उल–हक ५ रनमा आउट भए। मोहम्मद रिजवान ४४ रनमा रन आउट भए। अघा सलमान ५ रनमा क्याच आउट भए।
वलिङतर्फ नेपालका सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करण केसीले समान एक एक विकेट लिए ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।