Logo

महिला टी–२० विश्वकप एसिया छनोट: मलेसियाविरुद्ध नेपालको सहज जित



काठमाडौं,१४ भदौ । आइसीसी महिला टि–२० क्रिकेट विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ५ रनको शानदार जित दर्ता गरेको छ ।

मलेसियाको क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । नेपालले निर्धारित २० ओभरमा ८४ रन बनाउन सक्यो । नेपालका लागि सीता रानामगरले ३८ तथा अप्सरी बेगमले १७ र रुविना क्षेत्रीले १२ रन बनाए ।

मलेसियाकी ऐना हामिजा ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर दुई विकेट लिइन् । महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक एक विकेट लिए ।

८५ रनको मध्ययम लक्ष्य पाएको मलेसिया निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रनमा समेटिएपछि नेपालले ५ रनको जित दर्ता गरेको हो ।

मलेसियाका लागि कप्तान विनिफर्ड दुराइसिङ्गमले सर्वाधिक २८ रन बनाइन् । उनले ३९ बलमा १ चौका प्रहार गरिन् ।

ओपनर एना हमिजा हसिमले २२ बलमा १ चौका सहित १४ रन बनाइन् । मास इलिसाले १४ बलमा १ चौका सहित १० रन बनाइन् ।

बलिङतर्फ नेपालका कविता कुवँर र कविता जोशीले समान २-२ विकेट चट्काए ।

नेपालले आफ्नो दोस्रो खेलमा भोलि बहराइनसँग प्रतिस्पर्धा गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्