काठमाडौं,१४ भदौ । एसिया कप क्रिकेट-२०२३ को उद्धघाटन खेलमा नेपाल पराजित भएपनि सान्तवना बटुलिरहेको छ । क्रिकेटको महारथी राष्ट्र पाकिस्तानलाई उस्कै भूमिमा टक्कर दिएको नेपालले २३८ रनको फराकिलो हार ब्यहोरेको थियो ।
नेपाली टिम पाकिस्तानसँग पराजित भएपनि धेरैले नेपाली टिमले एउटा सम्भावनाको ढोका खोलेको भन्दै ढाडस दिइरहेका छन् । नेपाल र पाकिस्तानको खेल हेरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सान्तवना दिँदै हामी हिँडेको बाटो गलत नभएको बताएका थिए, भने पूर्व प्रधानमन्त्री थगा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बाच्छाले साँढेसँग जुध्नु नै ठूलो कुरा भएको उल्लेख गरेका छन् ।
आज एक ट्विट गर्दै भट्टराईले आफू क्रिकेटको विज्ञ नभइ जिज्ञासु मात्र भएको जनाएका छन् । दर्शक मात्र भएकाले सुझाव दिँदा अन्यथा नलिन समेत उनले आग्रह गरेका छन् ।
“पहिलो, कमसेकम ४० ओभर टिक्ने ढंगले ब्याटिङ गर्ने । अझै बढी सिक्न पाइन्छ । आत्मविश्वास बढ्छ । दोस्रो, फिल्डिङमा अझै चुस्तता बढाउने । बलिङ ठिकै छ,” भट्टराईको सुझाव छ, “तेस्रो, बाच्छो हुर्केर साँढे बन्छ, साँढे बुढो हुर्कंदै जान्छ भन्ने बुझेर धैर्य गर्ने ।”
उनले लेखेका छन् ‘बाच्छाले साँढेसँग जुध्नु नै ठूलो कुरा हो। एशिया कपमा नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्व वरियतामा अगुवा टिम पाकिस्तानसंग उसकै भूमिमा पहिलोपटक खेल्दा प्राप्त गरेको परिणामलाई भन्दा अनुभवलाई हेरेर मूल्यॉकन गर्नु उपयुक्त हुन्छ। अझै अर्को सॉढे भारतसंग झुध्न र सिक्न बॉकी छ।अतः
म क्रिकेटको विज्ञ नभै जिंज्ञासु दर्शक मात्र भएकाले केही नमागेका सुझाव दिंदा अन्यथा नलागोस्। पहिलो, कमसेकम ४० ओभर टिक्ने ढंगले ब्याटिॅग गर्ने।अझै बढी सिक्न पाइन्छ । आत्मविश्वास बढ्छ। दोश्रो, फिल्डिॅगमा अझै चुस्तता बढाउने। बलिॅग ठीकै छ। तोश्रो, बाच्छो हुर्केर सॉढे बन्छससॉढे बुढो हुॅदै जान्छ भन्ने बुझेर धैर्य गर्ने चीनिया नेता देंगको यो उक्ति आत्मसात गर्ने’ ।