Logo

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न ९ जनाले दिए आवेदन



काठमाडौं,१४ भदौ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न ९ जनाले आवेदन दिएका छन् । आयोगले आज एक सूचना जारी गर्दै उम्मेदवारहरुको नाम सार्वजनिक गर्दै भदौ १७ र १८ गते अन्तरवार्ता प्रस्तुतिकरणका लागि बेलाएको छ ।

आयोगको नयाँ उपाध्यक्ष बन्न हालका उपाध्यक्ष श्रीकृष्ण गिरीसहित ९ जनाले इच्छा देखाएका छन् । उपाध्यक्ष बन्न आवेदन दिनेहरुमा गिरीसहित, डा. संगीतासिंह भण्डारी, डा.सुमनकुमार श्रेष्ठ, डा.पियुस दाहाल, डा.प्रविण मिश्र, डा.विद्याननिधि पौडेल, डा.प्रमोदकुमार यादव, डा.अन्जनीकुमार झा र डा.मनेनप्रसाद गोर्खालीले आवेदन दिएका छन् ।

उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न सिफारिस समितिले दरखास्त स्वीकृत भएका उम्मेदवारको व्यावसायिक कार्ययोजना सहितको सोचपत्र प्रस्तुत गर्न मिति र समयसहितको सूचना प्रकाशित गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्